डुङ्गा सञ्चालकले सुविधाको नाममा ब्रम्हलुट - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

डुङ्गा सञ्चालकले सुविधाको नाममा ब्रम्हलुट



उदयपुर

उदयपुरको बेलका नगरपालिका र सुनसरीको चतरामा रहेको सप्तकोशीमा केही समयअघि तामझामका साथ सप्तकोशीमा पानी बोट अर्थात् मेसिनबाट चल्ने डुङ्गा सञ्चालनमा ल्याइयो । केही व्यक्तिले त्यस डुङ्गालाई पानीजहाजको संज्ञा दिँदै प्रधानमन्त्री केपी ओलीको सपना पुरा भएको बताए ।

सप्तकोशीमा २०६८ सालमा नै त्यस प्रकारको पानी बोट सञ्चालनमा ल्याइएको थियो । यद्यपि, त्यस डुङ्गालाई पानी जहाजको संज्ञा दिँदै व्यापक प्रचारप्रसार सहित एक निजी कम्पनीले अघिल्लो महिना मात्रै पुनः सञ्चालनमा ल्यायो । त्यस कार्यले जलमार्गका लागि सहज सुविधा भएकाले स्थानीयमा खुसीयाली छाएको थियो ।
तर उक्त डुङ्गामा १० मिनेट जतिको यात्रा गरे बापत प्रतिव्यक्ति ८ सय रुपैयाँ लिने गरेको छ । जुन अत्यधिक महँगो भाडा हो ।

अहिले लिइरहेको भाडा अत्यधिक छ, यसलाई तत्काल नियन्त्रण गर्नुपर्छ भन्दै बेलका नगरपालिकाका शिक्षक, कर्मचारी तथा स्थानीयले समेत चर्को विरोध गरेका छन् यसलाई तत्काल नियन्त्रण गर्नुपर्छ। केपी ओलीको सपना पुरा पानी जहाजको आगमन भयको भन्दै पर्यटक लाई सेवाको नाममा डुङ्गा सञ्चालकले स्थानीय र वरिपरि का जिल्ला बासी लाई उलू जस्तो बनाएको उदयपुर बेलका नगरपालिकाका स्थानीय अनिल आचार्य ले बताए…।