अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर, अब के हुन्छ ?
एजेन्सी । एडल्ट स्टार स्टार्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छिन् । ट्रम्पले ट्विटरका माध्यमबाट गलत जानकारी फैलाई रहेको पनि उनले दाबी गरेकी छिन् ।
ट्रम्पले अहिलेसम्म गरेका सबै कुराहरु धोका दिएर गरेको उनको भनाई छ । स्टार्मीले मैनहट्टनको फेडरल कोर्टमा राष्ट्रपति ट्रम्पका वकिल माइकल कोहेन विरुद्ध केही दिन अघि मुद्दा दायर गरेकी थिइन् ।
यसअघि स्टार्मीले राष्ट्रपति ट्रम्पका वकील माइकल कोहेनले घटना लुकाउन सन् २०१६ को राष्ट्रपति चुनावभन्दा अघि एक लाख ३० हजार डलरको सम्झौता गरेको बताएकी थिइन् ।
ad
कोहेनले पनि स्टार्मीलाई पैसा दिएको स्वीकार गरेका थिए । तर पैसा दिनुको कारणका बारेमा भने केही बताएका थिएनन् । स्टार्मी डेनियल्स ती तीन महिलाहरु मध्ये एक हुन्, जसले ट्रम्पसँग कथित सम्बन्ध रहेको र यौन शोषण गरिएको आरोप लगाएकी थिइन् ।