मार्क्स जयन्तीमा पार्टी एकता गर्ने प्रचण्डको घोषणा ! - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

मार्क्स जयन्तीमा पार्टी एकता गर्ने प्रचण्डको घोषणा !



काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता अब केही दिनमा घोषणा हुने बताएका छन्।

श्रमिक दिवसका अवसरमा आठ वटा ट्रेड युनियनहरुले संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकदुई दिनभित्रै एकताको प्रक्रियाले टुंगो लाग्ने र घोषणा पनि हुने बताए। दाहालले मार्क्स जयन्ती अर्थात् मे ५ (बैसाख २२) गते पनि उक्त घोषणा हुन सक्ने बताए।

‘तपाईंहरुले यो सम्झिएर ढुक्क भए हुन्छ, पार्टी एकता घोषणा धेरै दिन पर जाँदैन,’ दाहालले भने, ‘सबै कुरा मिलेको छ। केही प्रक्रिया मात्र बाँकी छन्।’ संविधानमा नै समाजवाद उन्मुख भनेर लेखेको स्मरण गराउँदै उनले त्यसलाई सामान्य रुपमा नलिन आग्रह गरे।

‘जनताको अपेक्षाअनुसार काम गर्ने अवसर प्राप्त भएको छ, अब विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा गर्ने जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने। जनताका अपेक्षा पूरा गर्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसलाई स्मरण गरेर आआफ्ना जिम्मेवारी पूरा गर्नुपर्नेमा समेत उनले जोड दिए।