स्वास्थ्यकर्मीद्धारा युवती बलात्कारपछि हत्या गरिएको परिवारको आरोप - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

स्वास्थ्यकर्मीद्धारा युवती बलात्कारपछि हत्या गरिएको परिवारको आरोप



बैशाख । अछाम कालेकाँडा गाउँपालिका वडा नम्बर ९ स्थित् भानाकोट बल्दे घर भएकी १८ वर्षिया उर्मिला टमटा (टंकी) को रहस्यमय निधन भएको भन्दै उनका आफ्न्तले दोषिको पहिचान गरि कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मृतकका दाजुहरु लक्ष्मण टमटा र मदन टमटाले आफ्नी बहिनीको हत्या गरिएको भन्दै हत्यामा सलंग्न दोषीलाई कानूनी कारबाही गर्नुपर्ने माँग गरेका छन् ।

हालै सम्पन्न एसइईको परिक्षा दिएर बिदामा बसेकी उर्मीलाको हत्या अछामको कालेकाँडा गाउँपालिकामा भएको हो । मृतक उर्मीलाको शव उक्त गाउँपालिका वडा नम्बर ९ बल्देस्थित तिलक बटालाको घरमा आज बिहान फेला परेको दाजु लक्ष्मण टमटाले पत्रकार सम्मेलनमा जानकारी दिए । मृत्तक उर्मिलाका दाजुहरुले आफ्नी बहिनीको हत्या नीज बटालाले नै गरेको आरोप लगाउँदै अनुशन्धान गरि कडा कारबाही गर्न माँग गरे ।

कालेकाँडा गाउँपालिका वडानम्बर ९ मा आफ्नो ठूलो बुवाकोमा बस्दै आएकी उर्मीलाले कालिकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर १ स्थित् कोटवाडा परिक्षा केन्द्रबाट परिक्षा दिएकी थिईन् ।

मृतकका दाजु लक्ष्मण टमटाले पीडकलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । उनले भने, ‘विगत डेढ वर्षदेखी तीलक बटाला र हाम्री बहिनीबीच प्रेम सम्बन्ध रहेको कुरा हामीलाई हल्का जानकारी छ, त्यो भन्दा बढि केही कुरा थाहा छैन्, आज एक्कासी बहिनी लास बनेको खबर सुन्दा हामी विछिप्त भएका छौँं, सरकारले हामीलाई न्याय दिनुपर्छ।’

मृत्तकका दाजुहरुले हत्यामा सलंग्न दोषीलाई पक्राउ गरेर कडा सजायको ग्यारेण्टी नभएसम्म बहिनीको लास आफूहरुले नबुझ्ने जनाए । दाजु लक्ष्मणले भने,‘दोषीलाई कडा कारबाही हुनुपर्छ।’

दाजुहरुले दिएको जानकारी अनुसार नीज तिलक बटाला पेशाले स्वास्थ्यकर्मी हुन । बटालाले आफ्नी बहिनीलाई अनेक प्रकारका लोभ देखाएर शारिरिक स्वार्थ पूरा गरेको र पछिल्लो समयमा आएर उनले आफ्नो घरमा लगेर हत्या गरेको दाजुहरुको आरोप छ ।

उनले अघि थपे,‘तीलक बटाला बिवाहित हुन, उनका एउटा छोरा छन्, श्रीमती साथमै छन्, हाम्रो बहिनीलाई ललाईफकाई गरेर फसाएर हत्यासम्म गरेका छन्, प्रशासनले यो मुद्दालाई गहन भएर लिनुपर्छ, आगामी दिनमा यस्ता प्रकारका घट्ना हुन नदिनतर्फ स्थानीय तहका जननिर्वाचित प्रतिनिधी र कर्मचारीहरुले सचेतना जगाउने काम गर्नुपर्छ, दोषीलाई उन्मुक्ति दिने काम कसैले गर्नुहुँदैन ।’