आन्द्रेस इनिएस्टा: अन्तिम चार मिनेट मैदानमा - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

आन्द्रेस इनिएस्टा: अन्तिम चार मिनेट मैदानमा



आइतबार बार्सिलोनाका लागि सिजनकै महत्वपूर्ण दिन थियो । यस कारण कि उसले यो सिजन घरेलु लिगको उपाधि पक्का गर्दै थियो । बार्सिलोनाका लागि यो खेल त्यति मात्रै कारणले महत्वपूर्ण थिएन । २२ वर्षदेखि क्लवमा रहेका महत्वपूर्ण सदस्यले बिदा मागेपछिको पहिलो खेल पनि थियो ।

धेरैको नजरमा थिए आन्द्रेस इनिएस्टा । यो खेलमा उनले कस्तो खेल्लान् ! कि बार्साले उनलाई विश्राम देला । मध्यरातमा इनिएस्टा डिपोर्टिभो सँगको खेलमा बन्चेमा देखिए ।

हुनत एउटा खेलाडी खेल्नु र नखेल्नुले त्यति ठूलो अर्थ राख्दैन । तर त्यो खेल र ती पात्रका हिसावले धेरैको चासो बन्यो ।

बिदा मागिसकेका इनिएस्टाले अबको केहि सातापछि बार्सिलोना छाड्दै छन् । च्याम्यिन्स लिगबाट बाहिरिसकेको बार्सिलोना ला लिगामा चार खेल खेल्न बाँकि छ । यी चार खेलपछि बार्सिलोनाबाट इनिएस्टा छुट्दैछन् ।

आइतबार रातिको खेलमा इनिएस्टा अन्तिम चार मिनेट मैदानमा रहे । सब्सिच्युटका रुपमा उनी इभान राकिटिचको ठाउँमा गएका थिए ।

त्यसअघि डेम्बेले र कोउटिन्होको ठाउँमा डेनिस सुवारेज र पाउलिनोलाई पठाएको बार्सिलोनाले अन्तिममा उत्सव मनाउन बेलामा इनिएस्टालाई पठायो । जतिबेला नतिजा बार्सिलोनाको पक्षमा आइसकेको थियो । त्यसपछि दुबै टोलिबाट गोल हुन सकेन र बार्सिलोनालाई ४–२ ले नतिजा आफ्नो पक्षमा पार्‍यो ।

चारखेल अघि नै ला लागिको उपाधि जितेको बार्सिलोनाले डिपोर्टिभोको मैदानमा उत्सव मनायो । छाड्दै गरेका इनिएस्टासँग क्लवका खेलाडी र अफिसियलले छुट्टै किसिमले उत्सव मनाइरहेका थिए । उनीहरुको उत्सवमा केहि खुसी र केहि पीडा झल्किन्थ्यो ।