मोदीलाई राज्यले दिने ‘नागरिक अभिनन्दन’को चौतर्फी बिरोध - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

मोदीलाई राज्यले दिने ‘नागरिक अभिनन्दन’को चौतर्फी बिरोध



काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला उनलाई राज्य स्तरबाट ‘नागरिक अभिनन्दन’ गर्ने विषयलाई लिएर व्यापक विरोध भएको छ।

प्रदेश नम्बर दुईका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले आगामी बैशाख २८ गते बिहान भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा स्वागत गर्ने र उनको सम्मानमा नागरिक अभिनन्दन गर्ने कार्यतालिका रहेको सार्वजनिक गरिरहेका बेला सामाजिक सञ्जाल ट्विटरबाट त्यसको चर्को विरोध भएको हो।

भारतीय प्रधानमन्त्री मोदीले नै नेपालमा ६ महिनासम्म नाकाबन्दी लगाउँदा नेपालीले ठूलो कष्ट व्यहोर्नु परेको, त्यो कहिल्यै पनि नभुल्ने र मोदीले जनताका अघिल्तर माफी माग्नु पर्ने माग समेत राख्दै ट्वीटरको माध्यमबाट आक्रोश व्यक्त गरिएको छ।

त्यस्तो आक्रोश व्यक्त गर्नेमा सर्वसाधारणदेखि पत्रकार, साहित्यकार, कलाकार, बुद्धिजीवी, अधिकारकर्मी, कानुनी व्यवसायी तथा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत छन्।

नागरिकको ज्यान जानेगरी नाकाबन्दी गर्ने, सीमामा नेपाली जनतामाथि ज्यादती गर्ने, नेपाली मजदुरीलाई अपहेलित गर्ने र नेपालको स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने काममा मोदीले भूमिका खेलेको भन्दै उनलाई नागरिक अभिनन्दन गर्न नहुने उनीहरुको तर्क छ।

ट्वीटरमा विश्‍वदीपले मोदीको विरोध गर्दै भनेका छन्, ‘नाकाबन्दि बिर्सेर मोदीको अभिनन्दन स्वीकार गर्न सकिदैन !’

Bishodip
@bishodip
नाकाबन्दि बिर्सेर मोदीको अभिनन्दन स्वीकार गर्न सकिदैन !#BlockadeWasCrimeMrModi


आफ्नो समय र अनकुलतामा नेपालमा भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई सरकारले नागरिक अभिनन्दन दिन नमिल्ने उनीहरुको भनाइ छ।

यस्तै पत्रकार अनमोलमणि पौडेलले ट्विटरमा मोदी र ओलीप्रति व्‍यंग्‍य गर्दै भनेका छन्, ‘सारा निरंकुशता बिर्सेर जयजयकार शैलीमा उहिल्यै एमाले भन्थ्यो, ‘प्रतिगमन आधा सच्चियो।’ र, नाइके एमालेहरु दौरानमा आइरन लाएर दरबारको फोन कुर्थे। ऐले नि एमालेकै सरकार छ, भूकम्पको थिलथिलोमा मोदीको नाकाबन्दी बिर्सेर योजना गर्दैछ, ‘मोदी सोल्टीको नागरिक अभिनन्दन।’ हैट्!’

Anamol Mani

@anamolmani
सारा निरंकुशता बिर्सेर जयजयकार शैलीमा उहिल्यै एमाले भन्थ्यो, ‘प्रतिगमन आधा सच्चियो।’ र नाईके एमालेहरु दौरामा आईरन लाएर दरबारको फोन कुर्थे। ऐले नि एमालेकै सर्कार छ, भूकम्पको थिलथिलोमा मोदीको नाकाबन्दी बिर्सेर योजना गर्दैछ, ‘मोदी सोल्टीको नागरिक अभिनन्दन।’
हैट्!

त्‍यस्तैगरी समीरले ट्वीटरमा भनेका छन्, ‘ उता भारतीय सेनाले नेपालको सिमानामा नेपाली जनता माथि ज्यादती गर्ने एता नेपाल सरकर भने मोदि को भब्य स्वागत र अभिनन्दन गर्ने तयारी गर्दै। बिचरा हामी ।’

समर
@binodmagar55
उता भारतीय सेनाले नेपालको सिमानामा नेपाली जनता माथि ज्यादती गर्ने एता नेपाल सरकर भने मोदि को भब्य स्वागत र अभिनन्दन गर्ने तयारी गर्दै। बिचरा हामी ।#BlockadeWasCrimeMrModi #ModiNotWelcome

यस्तै मोदीप्रति कडा आक्रोश व्‍यक्त गर्दै आयो गोर्खालीले ट्वीटमा लेख्छन्, ‘इज्जत दिनेलाइ ज्यान दिन्छ्म, दुख दिने लाइ हान्दिन्छ्म हामी नेपाली। नागरिक अभिनन्दन हैन बिरोध गरम।’