अब प्रधानमन्त्री विश्वविद्यालयका कुलपति रहने छैनन् - Himal Post Himal Post
  • २७ मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 12 2025
Logo

अब प्रधानमन्त्री विश्वविद्यालयका कुलपति रहने छैनन्



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य हुने बताएका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कानुन निर्माण गरेरै यस्तो प्रणाली अन्त्य गर्न लागिएको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनको विकासमा महत्त्वपूर्ण भूमिका निभाएको चर्चा गर्दै उनले भने, ‘बुद्ध शिक्षा सामान्य कुरा होइन, यो २५६२ वर्षदेखि चलिआएको छ र अहिलेपनि उत्तिकै सान्दर्भिक छ।’

उनले देश निर्माणमा बुद्ध मार्ग अवलम्बन गर्नुपर्ने बताए। कार्यक्रममा दीक्षान्त मन्तव्य दिदै बुद्धिष्ट एण्ड पाली विश्वविद्यालय श्रीलंकाका उपकुलपति प्रा.डा.गल्ल्ये सुमन थेरोले बौद्ध दर्शनको विकासमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहने बताए ।