१९ रसियाली महिलाविरूद्ध जन्मकैदको फैसला - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

१९ रसियाली महिलाविरूद्ध जन्मकैदको फैसला



बग्दाद, इराक, इराकको एक अदालतले इस्लामिक स्टेट (आइएस) समूहमा सम्लग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्मकैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ ।

उनीहरूले इराकमा रहेर आइएस समूहलाई सघाउँदै आएको अभियोग अदालतले लगाएको हो ।

बग्दादको आतङ्कवाद सम्बन्धि मुद्दा हेर्ने केन्द्रीय फौजदारी अदालतका प्रमुख न्यायाधीशले अदालतमा मुद्दा खेपिरहेका १९ जना रूसी महिलाहरू आइएस समूहमा सम्लग्न भएका वा कुनै न कुनै रूपमा आइएसका गतिविधिलाई सहयोग गरेको पाइएकोले जन्मकैदको सजाय गरिएको बताउनुभयो ।