यस्तो पुस्तक लेख्दैछन गोपाल पराजुली - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

यस्तो पुस्तक लेख्दैछन गोपाल पराजुली



काठमाडौँः पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले संस्मरण कृति लेखन सुरु गरेको जनाएका छन्। फेसबुकमा जन्मदिनको सन्देश लेख्दै पराजुलीले पुस्तक लेखन थालनी गरेको जनाएका हुन्।

‘संयोगका पानाहरू’ नामक कृति लेखन सुरु गरेको उनले जनाएका हुन्।

०७५ वैशाख १६ गतेसम्म आफ्नो कार्यकाल दाबी गरिरहेका पराजुलीले चैत १ गते प्रधानन्यायाधीशबाट राजीनामा दिएका थिए। राजीनामाअघि उनलाई न्याय परिषद् सचिवालयले ०७४ साउन २१ गतेदेखि लागू हुनेगरी अवकाश पत्र थमाएको थियो। पत्र थमाएको भोलिपल्ट पराजुलीले राजीनामा दिएका थिए।