नेपाल शिक्षक सङ्घ स्थानीय कार्य समितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

नेपाल शिक्षक सङ्घ स्थानीय कार्य समितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



गोविन्द बिसी/बौनिया – नेपाल शिक्षक सङ्घ बर्दगोरियाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कैलालीको बौनियामा शनिवार स्थानीय कार्यसमितिले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । नेपाल शिक्षक सङ्घ स्थानीय कार्यसमिति बर्दगोरियाका अध्यक्ष भिमदत्त बिनाडीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र न.-२ का महासमिति सदस्य दलवीर साउद प्रमुख अतिथि रहेका थिए, भने बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिरमा चौधरी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य दलवीर साउदले शिक्षक बौद्धिक वर्ग भएकाले समाजका सबै स्थानमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुने बताए ।

उनले शिक्षकले आफ्ना पेसागत हक अधिकार प्राप्तिका लागि मात्रै नभई कर्तव्यनिष्ठापूर्वक काम गर्नुपर्नेमा जोड दिए । स्थानीय स्तरमा विद्यालयका आर्थिक, भौतिक र शैक्षिक समस्या रहेकोे भन्दै स्थानीय तहले नै मापदण्ड अनुसार नीति निर्माण गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले शिक्षकका पेसागत सेवा सुरक्षाका समस्या समेत स्थानीय सरकारले नै समाधान गर्न पहल गर्नुपर्ने बताए । ” विद्यालय सञ्चालनको सबै अधिकार स्थानीय तहमा आएको छ यसको व्यवस्थापन र निरीक्षण स्थानीय तहले नै गर्नुपर्छ “-उनले भने ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सचिव तेजप्रताप मल्ल, बरगोरिया गाउँकार्यसमिति सभापति गणेश शाही, पूर्वमहाधिवेशन प्रतिनिधि रामनारायण थारु, वडा नम्बर-५ कि वडा अध्यक्ष श्याम कुमारी चौधरी, गाउँकार्यपालिका सदस्य टेकबहादुर बी.क. नेविसंघ पूर्व केन्द्रीय सदस्य भरतबहादुर शाही, तरुण दल क्षेत्रीय सभापति दिनेश भण्डारी, नेपाल शिक्षक सङ्घ पूर्व क्षेत्रीय अध्यक्ष सुरेन्द्रप्रकाश जैसी, नेपाल विद्यालय कर्मचारी परिषद् बर्दगोरिया अध्यक्ष गोविन्द बिसी, अखिल नेपाल शिक्षक सङ्गठन गाउँकार्यसमिति अध्यक्ष प्रमोद साउद, नीजिश्रोत शिक्षक सङ्घर्ष समिति सचिव शिवराज गौतम लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, शिक्षक सङ्गठन, सुवेच्छुक भातृ सङ्गठनका प्रतिनिधिको उपस्थिति रहेको थियो । उपाध्यक्ष राकेश हमालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र कुश्मीले गरेका थिए ।