यात्रु ठग्ने ६१ ट्याक्सी चालकलाई उपत्यकामा कारबाही - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

यात्रु ठग्ने ६१ ट्याक्सी चालकलाई उपत्यकामा कारबाही



काठमाडौैं– यात्रु ठगेको आरोपमा ट्राफिक प्रहरीले उपत्यकामा शनिबार ६१ जना ट्याक्सी चालकलाई कारबाही गरेको छ। नियमित चेकजाँचको क्रममा ट्याक्सीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनँएको छ।

यात्रुसँग बढी भाडा लिनको लागि मिटरमा जान नमान्ने, मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकहरुलाई कारवाही गरिएको हो। केही दिनयता ट्राफिक प्रहरीले ट्याक्सीमाथि चेकिङमा कडाई गर्दै आएको छ।

पटक पटक कारबाही गरेपनि ट्याक्सीहरुको यात्रु ठग्न भने छाडेका छैनन्। बढीमा ५ हजारसम्म मात्र जरिवाना हुने भएकाले यस्तो प्रवृत्ती नरोकिएको ट्राफिक प्रहरीहरु बताउँछन्।