डा. गोविन्द केसीलाई झट्का - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

डा. गोविन्द केसीलाई झट्का



काठमाडौं – डा. गोविन्द केसी र सरकारबीच भएको सहमति खारेज माग गर्दै मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संयोजक विजय थापाले आमरण अनसन सुरु गरेका छन् ।

८ सुत्रीय माग राख्दै थापा तीन दिनदेखि आमरण अनसनमा बसेका छन् । केसीका माग पूरा गर्दा चिकित्सा शास्त्र अध्यापनमा सिन्डिकेट हुने भन्दै आमरण अनसन बसेको थापाले बताए ।

थापाले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ खारेज गर्न, नेपाली विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सी बन्द गर्न, आईओएम डीन डा. जगदीश अग्रवाललाई पदमुक्त गर्न, डा. केसी अनसन बसेका दिनको तलब भक्ता फिर्ता माग्न र मेडिकल शिक्षाका लागि विदेश पठाउन रोक लगाउन माग गरेका छन् ।

अनसन सुरु गर्नुअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल र कानुन मन्त्री शेरबहादुर तामाङलाई ज्ञापन पत्र बुझाइएको थियो ।