बाबुले गरे आफ्नै दुई नाबालक छोराको हत्या
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सुकुम्वासी बस्तीमा एक बाबुले आफ्ना दुई नाबालक छोराको हत्या गरेका छन् । सुकुम्बासी बस्तीमा बस्दै आएका दिलीप यादवले छोरा ८ वर्षीय सुनिल र ६ वर्षीय सुजल यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।
गत सोमबार मात्रै यादवकी आमाले नाती हराएको भन्दै प्रहरीमा उजुरी दिएको र शुक्रबार यादवले फोन गर्दै हत्या गरेको बताएका थिए ।
यादवले छोराहरुको हत्या गरेपछि ताला लगाएर बन्द कोठामा शव राखेका थिए ।
शव राखेर उनी फरार भएका थिए । प्रहरीले खोजी गर्दै जाँदा बन्द कोठाबाट नराम्रो गन्ध आएपछि प्रहरीले ढोका खोलेर हेर्दा शव भेटिएको थियो ।
महानगरिय प्रहरी परिसर काठमाडौंका डीएसपी मोहन थापाका अनुसार हत्या भएका दुई बालक यादवकी कान्छी श्रीमतीका छोरा हुन । यादवकी कान्छी श्रीमती विराटनगरमा बस्दै आएकी छिन् । डीएसपी थापाका अनुसार हत्यापछि यादव फरार रहेको र उनको खोजी कार्य जारी छ ।