एमालेको अगाडी लम्पसार पर्नुभन्दा विप्लव सङ्ग मिलेर हतियार उठाउँछौ
– माईकल क्षेत्री
संघ र प्रदेशको चुनाव अगावै पार्टी एकीकरण गर्ने भनेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेर अगाडी बढे । बाम गठबन्धन बनाएर चुनावमा जाँदा सजिलै बहुमत प्राप्त भयो र नेपाली जनताले एमाले र माओवादीलाई पार्टी एकताको कठघरामा उभ्याउन सफल भए तर चुनावमा ठुलो पार्टी बन्दा पछिल्लो चरणमा एमालेमा दम्ब बढ्दै गैरहेको छ।
माओवादी कार्यकर्ताहरूलाई एकताको बाटोबाट पन्छाएर बहिरिन बाध्य पारिन खोजिँदै छ । यदि यस्तै अवस्था रहिरहे आफूहरू एमालेको अगाडी लम्पसार पर्न सकिदैन बरु विप्लव सङ मिलेर एकीकृत जनक्रान्तीको बाटोमा लामबद्द हुनसक्ने सम्भावना बढ्दो छ ।
हामी अपमानित हुनभन्दा बरु लड्दा लड्दै खरानी हुन तयारी छौ।माओवादी दसबर्से जनयुद्ध गरेसंगै अखिल ( क्रान्तिकारी ) बझाङ जिल्ला भूतपूर्व उपाध्यक्ष तथा तत्कालीन एकीकृत माओवादीबाट जिल्ला सदस्य हुदै गर्दा प्रवासी जीवन जिउन बाध्य भए । प्रवासमा पनि म राजनीति भन्दा बाहिर गईन ,विभिन्न जिम्मेवारीमा बसेर मैले आफ्नो भूमिका निर्वाह गरे ।
नयाँ शक्ति नेपालको केन्द्रीय युवा संयोजक भएर भारतभरि सङ्गठन बिस्तार गरे तर नयाँ शक्ति नबनाउने नचाहने शक्तिले मलाई असहज परिस्थिति बनाउँदा म देबेन्द्र पौडेल सङ माओवादी केन्द्रमै एकतामा गए ।अहिले यहाँ सबैबाट धोका भएको छ । एकतामा ल्याउन आनाकानी गरिरहँदा झन् एमालेमा जानै सकिँदैन बरु स्वाभिमान लडाई लड्छौ तर माओवादी केन्द्र सङै एमालेको सती जान सक्दैनौ ।
पछिल्लो समयमा एमालेमा दम्भ बढ्नु नै मूल कारण हो ।कतै एमालेले माओवादीका कार्यकर्ता देख्ने नहुने ,कैले ६० -४० प्रतिसतको कुरा गर्ने ,कहिले जनयुद्धको नाम मेटाउन तल्लिन हुने यस्ता कुकृत कार्यले थप एकतामा अन्योल भएको छ ।यदि यी कार्य बढ्दै गए हामी पनि विप्लव सङ्ग मिलेर हतियार उठाउँन पछी पर्ने छैनौ ।