छुरा प्रहरबाट सात जना विद्यार्थीको मृत्यु
बेईजिंग । उत्तरी चीनको एउटा स्कुल बाहिर एक जना आक्रमणकारीको छुरा प्रहरबाट कम्तिमा पनि सात जना विद्यार्थीको ज्यान गएको छ ।
सिन्हुआ समाचार एजेन्सीले लेखेको समाचारमा चीनको शांक्शी प्रान्तको मिझी काउन्टीको एउटा माध्यमिक विद्यालय नजिकै भएको उक्त आक्रमणमा अन्य १२ विद्यार्थी घाइते भएका छन् ।
आक्रमणको समय विद्यालयको कक्षा सिध्याएर विद्यार्थीहरू घर गइरहेका थियो । बिबिसीले उक्त आक्रमणकारीको नाम झाओ रहेको र निज उक्त विद्यालयको पूर्व विद्यार्थी रहेको जनाइएको छ ।
निज अक्रमणकारीले आफूलाई उक्त विद्यालयमा पढ्दा आफूलाई सताइएकाले बदलास्वरूप त्यसो गरेको बताए । उनलाई प्रहरीले हिरासतमा लिइसकेको जनाइएको छ ।
सामाजिक संजालहरूमा सार्वजनिक गरिएका तस्बिरहरूमा कैयन् विद्यार्थीहरू भुइँमा लडिरहेका र भयभीत मान्छेहरूले तिनीहरूलाई घेरेर राखेको बताइएको छ ।
स्थानीय प्रशासनले उक्त घटना स्थानीय समय अनुसार साँझ ६ बजेर १० मिनेटमा भएको जनाएको छ ।