२३ वर्षे दिल्लीका नयाँ कप्तानले आइपिएलमा धमाल मच्चाए ! - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

२३ वर्षे दिल्लीका नयाँ कप्तानले आइपिएलमा धमाल मच्चाए !



दिल्ली (एजेन्सी)– दिल्ली डेयर डेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई २ सय २० रनको विजय लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले माथिल्लो क्रमका ब्याट्सम्यानको उच्च प्रदर्शनका कारण निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको छ । श्रेयस ऐयर र ओपनर पृथ्वी सोले अर्धशतक पुरा गरे । अघिल्ला ६ मध्ये ५ खेल गुमाएको दिल्लीका लागि शुक्रबार आक्रमक ब्याटिङ गर्ने क्रममा श्रेयसले अविजित ९३ रन बनाए ।

४० बल खेलेका श्रेयसले ६० रन छक्काबाट मात्र बटुलेका थिए । उनको नाममा ४ चौका पनि रह्यो । पृथ्वीले ४४ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । कोलिन मुर्नोले ३३ र ग्लेन म्याक्सवेलले २७ रन जोडे ।

कोलकाताका लागि पियुष चावला, शिवम् मावी र आन्द्रे रसेलले समान १ विकेट लिए । कोलकाता अहिले ब्याटिङ गरिरहेको छ । दिल्लीका नेपाली बलर सन्दीप लामिछानेले आजको खेलमा पनि मौका पाएका छैनन् ।