कप्तान फेरिएपछि चम्कियो दिल्ली डेयरडेभिल्स, हालसम्मकै उच्च स्कोर - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कप्तान फेरिएपछि चम्कियो दिल्ली डेयरडेभिल्स, हालसम्मकै उच्च स्कोर



दिल्ली- यो सिजनको आइपिएलमा दिल्ली डेयरडेभिल्सले टिमको लागि उच्च स्कोर बनाएको छ। शुक्रबारको कोलकोत्ताविरुद्धको खेलमा उसले २ सय १९ रन बनायो।

कप्तान फेरिएसँगै दिल्लीको ब्याटिङमा सुधार आएको छ। गौतम गम्भीरले कप्तानी छाडेपछि श्रेयास इयरलाई कप्तान बनाइएको थियो।

टस हारेर ब्याटीङ रोजेको दिल्लीका ओपनर पुथ्वी शाह र कोलिन मुन्रोले आक्रामक सुरुवात गरेका थिए। शाहले ४४ बलमा ६२ तथा मुन्रोले १८ बलमा ३३ रनको योगदान दिए।

त्यसपछि कप्तान इयरले आक्रामक ९३ रन जोडेपछि दिल्लीले उच्च स्कारे बनाएको थियो। उनले १० छक्कासहित ४० बलमा नटआउट ९३ रन बनाएका हुन्। अन्तिम ओभरमा उनले चार चौका र एक चौका प्रहार गरेका थिए।

दिल्लीका रिसब पन्त शून्य रनमा आउट भए भने ग्लने म्याक्सवेल २७ रनमा अलआउट भए। एक खेल मात्र जितेको दिल्ली तालिकाको पुछारमा छन। नेपाली खेलाडी सन्दीप लामिछाने समेत आबद्ध दिल्लीमा उनले खेल्ने अवसर भने पाएका छैनन्।