के भयो ओली–प्रचण्डको गोप्य छलफलमा ?
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको शुक्रबार(आज)को छलफल निष्कर्षविहीन सकिएको छ ।
दुई अध्यक्षबीच करिब तीन घण्टा लामो वार्ता भए पनि कुनै ठोस निष्कर्षमा पुुग्न नसकेको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टी एकताका विषयमा छलफल भएको थियो । यस अघि बैशाख २२ गते पार्टी एकता गर्ने संकेत देखाएनि आजको बैठकले त्यसलाइ आकचार दिन सकेन ।
पार्टी एकताका लागि बनेका कार्यदलले विवादित विषय टुंग्याउने जिम्मा दुई अध्यक्षलाई दिएका थिए । एमाले र माओवादी केन्द्रबीच नेताहरुको पदीय भागवण्डा, एकीकृत पार्टीको केन्द्रीय समितिको संख्या, चुनाव चिह्न लगायतका विषयमा अझै विवाद रहेको छ ।