यौनधन्दामा संलग्न होटल सञ्चालकसहित नौ जना समातिए - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

यौनधन्दामा संलग्न होटल सञ्चालकसहित नौ जना समातिए



भद्रपुर। प्रहरीले झापा बिर्तामोडका एक होटलबाट यौनधन्दा क्रियाकलापमा संलग्न भएको आरोपमा होटल सञ्चालकसहित नौ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ स्थित आँगन होटल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक रामेश्वर दिवेदी, बुद्धशान्ति गाँउपालिका २ निवासी २५ बर्षीय अभिषेक चम्लागाई, सोही गाँउपालिका १ निवासी ४२ बर्षीय निर्मल घिमिरे, हल्दिबारी गाँउपालिका ३ निवासी २२ बर्षीय सुजता तामाङ रहेका छन् । त्यसैगरी भारत ठाकुरगंज सहुडाँगी किसनगंज बस्ने ३० बर्षीय धिरजकुमार राय, सोही ठाँउका ३५ बर्षीय चन्दनकुमार सिन्हा, २६ बर्षीय गौतमकुमार सिंह, ४० बर्षीय अब्दुल सुभान, भारत सिलिगुढी दार्जििलङ सालबाडी निवासी २४ बर्षीया निमा शेर्पा, दमक नगरपालिका ९ निवासी २४ बर्षीय आशिका कोईराला रहेका छन्।

पक्राउ परेका उनीहरुले बिर्तामोडकै तिरुपति होटलका संचालक अर्जुन रसाईली र दिपक पाँचकोटीको मिलेमतोमा निमा शेर्पा, आशिका कोईराला र सुजता तामाङ समेत बिभिन्न ठाउबाट आएका पुरुषसँग यौनधन्दा गराउने उद्देश्यले भेला भएको खुलेपछि पक्राउ गरिएको उनले बताए। पक्राउ परेका नौ जनालाई जिल्ला प्रशासन कार्यालय झापाबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।थाहा खबर बाट