इनियस्टा ब्राजिलियन हुन्थे भने बालोन डी ओर जित्थे - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

इनियस्टा ब्राजिलियन हुन्थे भने बालोन डी ओर जित्थे



म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिड एवंम् स्पेन राष्ट्रिय फुटबल टोलीका कप्तान सर्जियो रामोसले स्पेनिस सहकर्मी आन्द्रे इनियस्टाले ब्राजिलिन नभएकै कारण बालोन डी ओर अवार्ड नजितेको विवादस्पद अभिव्यक्ति दिएका छन् ।

३३ वर्षे बार्सिलोनाका सफल खेलाडी इनियस्टाले यो सिजनको अन्त्यसँगै क्लबसँगको यात्रा अन्त्य गर्ने अनुमान गरिएको छ । बार्सिलोनामा १६ वर्ष बिताउने क्रममा इनियस्टाले थ्रुपै उपाधि जितेका छन् ।

यद्दपी दुई पटक सम्म बालोन डी ओरको अन्तिम चरणमा पुगेर पनि उनी अवार्ड जित्न असफल भएका थिए । सन् २०१० र २०१२ दुई पटक इनियस्टा शीर्ष ३ भित्र परेका थिए । स्पेनबाट रामोस र इनियस्टा धेरै खेलसँगै खेलेका छन् । एक पटक पनि अवार्ड जित्न नसक्नुलाई रामोसले दुर्भाग्य भनेका छन् ।

‘यदि आन्द्रेलाई आन्द्रेसिन्हो भनिन्थ्यो भने सायद उनले दुई पटक बालोन डी ओर जित्ने थिए,’ बुधबार राती बायर्न म्युनिखविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा २–१ को सफलता प्राप्त गरेपछि रियलका कप्तानले यस्तो प्रक्रिया दिएका हुन् ।

बार्सिलोनाका लागि सबै खाले खेलमा गरि ६ सय ६९ खेल खेलेका इनियस्टाले ५७ गोल गरेका छन् । उनले खेल जीवनमा ८ वटा ला लिगा उपाधि, ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । राष्ट्रिय टोलीका लागि १ सय २९ खेल्ने क्रममा उनले सन् २०१० को विश्वकप तथा २००८ र २०१२ मा युरोपियन च्याम्पियनसिप जितेका थिए ।