ओली-प्रचण्ड फेरि गोप्य वार्तामा ! - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

ओली-प्रचण्ड फेरि गोप्य वार्तामा !



काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच गोप्य वार्ता हुने भएको छ । पार्टी एकीकरणको छिनोफानो गर्न उनीहरु शुक्रबार गोप्य स्थलमा वार्ता गर्ने भएका हुन् ।

बिहिबार अलग अलग अभिव्यक्ति दिएपछि एकतामा चिसो पसेको हो कि भन्ने आशंका उब्जिएका बेला गोप्य वार्ता हुने भएको श्रोतले जनाएको छ ।

श्रोतकाअनुसार गोप्य वार्ताबाट अन्तिम समझदारी निर्माण गरी पार्टी एकता संयोजन समितिलाई जिम्मा दिने तयारी पनि ओली र दाहालले गरेका छन्।

त्यसका लागि शनिबार साँझसम्म उक्त समितिको बैठक डाक्ने तयारी ओली र दाहालले गरेका थिए । उनीहरुबीच पार्टी एकीकरणका लागि गाँठो परेका विषय एकीकृत पार्टीको महाधिवेशनअघि दुवै कार्यकारी अध्यक्ष बन्‍ने, पार्टीको केन्द्रीय कमिटीहरुमा बराबरी नभएपनि हाराहारीमा दुवै पार्टीका नेताहरुको उपस्थिती गराउने लगायमा मौखिक समझदारी बनिसकेको श्रोतको दाबी छ।

ओलीमाथि पनि एमालेबाट पार्टी एकीकरण जसरी पनि गर्नु पर्ने तर आफ्नो पार्टीको हैसियत पृष्ठभूमिलाई हेरेर माओवादीको केही भन्दा माथि नै हुनु पर्ने दवाब छ।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले बिहीबार एकीकरणलाई लिएर भिन्‍नभिन्‍न कार्यक्रममा अलगअलग अभिव्यक्ति दिएर चर्चामा आएका थिए।

प्रधानमन्त्री ओलीले पार्टी एकता गर्दा विचार, अगाडिको अभिभारा र देशका जनताप्रतिको कर्तव्यको चर्चा भन्दा म कहाँ हुन्छु, मेरो पक्ष कहाँ हुन्छ र हामी कहाँ हुन्छौं भन्ने विषयले अनावश्यक चर्चा पाउँदा त्यसले समय लिएको बताएका थिए।