किन झिम्काए प्रियाप्रकाशको नक्कल गर्दै धोनीले आँखा ? - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

किन झिम्काए प्रियाप्रकाशको नक्कल गर्दै धोनीले आँखा ?



एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका खेलहरु अहिले भारतमा चलिरहेका छन्। प्रत्येक टोली प्लेअफमा प्रवेश पाउनका लागि प्रयासरत देखिन्छन्। टिमका अलावा खेलाडीहरुले पनि आफुलाई प्रमाणित गर्न लागि परेका छन्।

कतिपय यस्ता खेलाडीहरु छन् जो खेल मैदान बाहिर पनि उत्तीकै मस्तीमा देखिन्छन्। यस मामलामा भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनी पनि अगाडी देखिएका छन्। गएराति रोयल च्यालेन्जर्स बैंग्लोरका विरुद्ध विष्फोटक ७० रनको पारी खेलेका धोनीको आँखा झिम्काएको एक तस्बिरलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

केहि समयअघि मलयालम नवनायिका प्रियाप्रकाश वारियरको नक्कल गरेर धोनीले पनि उस्तै फोटो खिचाएका छन्। एक चलचित्रको टिजरमा वारियरले आँखा झिम्काएको एक दृश्य सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको थियो।

चेन्नई सुपरकिङ्ग्सको जर्सी लगाएको धोनीको तस्बिरसँगै लेखिएको छ, ‘आफुलाई साथ दिएकोमा धन्यवाद। मात्र मैले आफ्नो भूमिका निभाइरहेको छु।’

उक्त तस्बिर उनकी साथी सपना भावनानीले इन्स्टाग्राममा राखेकी छिन्। जसमा ध्वनीले आँखाको फरक अन्दाज देखाउने कोशिष गरेका छन्।

गएरातिको खेलमा अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा धोनीले छक्का हान्दै चेन्नईलाई जित दिलाएका थिए।