बालिका बलात्कार आरोपमा एक व्यक्ति पक्राउ - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

बालिका बलात्कार आरोपमा एक व्यक्ति पक्राउ



गाईघाट– बालिका बलात्कार गरेको आरोपमा उदयपुरको कटारी नगरपालिकाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय ७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा कटारी–३ ताराघारी–च्याङगा बस्ने ५० वर्षीय भालु विक (साइला)लाई प्रहरीले पक्राउ गरेको हो।

विद्यालयबाट घर फर्किंदै गरेकी बालिकालाई फकाएर प्रभावमा पारी बलात्कार गरेको प्रहरीले आरोप लगाएको छ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण तथा विकलाई इलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।