प्रचण्डले भने: मदन भण्डारीको हत्या कम्युनिष्ट एकता विरोधीले गरे ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

प्रचण्डले भने: मदन भण्डारीको हत्या कम्युनिष्ट एकता विरोधीले गरे !



हिमालपोष्ट सम्बाददाता 

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्टहरूको एकता नचाहानेले नै तत्कालीन एमालेका महासचिव मदन भण्डारीको हत्या गरेको बताएका छन् । रौतहटको एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

मदन भण्डारीको हत्या नभएको भए उतिबेलानै कम्युनिस्टहरूको एकता भएर राज्यको कायापलट भैसकेको हुन्थ्यो उनले भने । कम्युनिस्टबिच यति धेरै जुट्ने र फुट्ने घटना पनि त्यसै पछि भएको बताउँदै उनले जुट्ने र फुट्ने घटनाले पनि विकासमा बाधकको काम गरेको बताएका थिए ।

यति धेरै हण्डर र ठक्कर खाईसकेपछी अब चाहिँ कसैले एकतालाई रोक्न र तोड्न नसक्ने बताउँदै प्रचण्डले एकता अब नरोकिने बताए ।

रौतहटमा एक कार्यक्रममा सम्बोधन गर्दै अहिले सिङ्गो देशले एकता चाहेको र हामीले सम्मानित र न्यायोचित तरिकाले र समानताका आधारमा एकता गर्न हामीले सक्ने र नसक्ने भन्ने चुनौती छ ।

एकता नहोस् भन्ने र देशलाई निकास दिन नचाहने शक्ति सल्बलाएको र यसैलाई चिरेर एकता गर्नुपर्ने चुनौती रहेको उनले बताए । उनले भने शुक्रवार पार्टी एकताको कामलाई अन्तिम रूप दिने तयारी भइरहेको छ ।