रियल मड्रिडको पकड बलियो, रोनाल्डोको गोलले मान्यता पाएन - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

रियल मड्रिडको पकड बलियो, रोनाल्डोको गोलले मान्यता पाएन



साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित निकाल्दै फाइनल यात्रामा आफ्नो पकड बलियो बनाएको छ ।

अवे मैदानमा भएको खेलमा जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युनिखमाथि २–१ को जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यसहितको यात्रामा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको हो । अवे जितले गएको वर्ष र त्यसअघिको वर्षको पनि विजेता रियल मड्रिड उत्साहित छ ।

बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा जिनेदिन जिदानको टिम रियल मड्रिडको रक्षापंतिमा केही कमजारी देखिएको थियो । तर सुझबुझपूर्ण आक्रामकशैलीले उसलाई जित दिलायो । खेलमा अग्रता भने घरेलु टोली बार्यन म्युनिखले लिएको थियो ।

२८ औँ मिनेटमा जोसुआ किमिचले गोल गर्दै बार्यनलाई सुरुवाति अग्रता दिलाए । तर ४४ औँ मिनेटमा मार्सेलोले हाफ भली गोल गर्दै रियललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा रियलका लागि मार्को एसेन्सिओले विजयी गोल गरे । एसेन्सिओले ५७ औँ मिनेटमा गरेको गोल नै रियलको जितमा निर्णायक बन्यो । जर्मन च्याम्पियन बार्यनले खेलमा गोल गर्ने केही राम्रा मौका बनाएको थियो । तर गलत इन्किाउन्टरका कारण चुक्यो ।

यस्तै रियल मड्रिडका स्टार स्टारकर तथा यो सिजन च्याम्पियन्स लिगका हरेक खेलमा गोल गरेका क्रिष्टियानो रोनाल्डोले पनि गोल गरेका थिए ।

तर उनको गोल ह्याण्ड बल भएको भन्दै रेफ्रीले मान्यता दिएनन् । खेलमा बलमा नियन्त्रण रियलको निकै कम थियो । तर पनि उसले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

बार्यनले योसँगै रियल मड्रिडसँगका पछिल्ला ६ खेलमा हार बेहोरेको छ । कुनै पनि क्लबले लगातार धेरैपटक हार बेहोरेको च्याम्पियन्स लिगमा यो नै पहिलो पटक हो ।

रियल मड्रिडले सन् २०१० देखि २०१२ को बिचमा च्याम्पियन्स लिगमै अजाक्स विरुद्ध पनि लगातार ६ खेलमा जित निकालेको थियो ।

रियल मड्रिडले यो बार्यनमाथिको खेलमा जित निकाल्दै च्याम्पियन्स लिग जितमा कीर्तिमान नै बनाएको छ । यो रियलको च्याम्पियन्स लिगमा १५० औँ जित हो । लिगमा यति धेरै जित निकाल्ने रियल पहिलो टिम हो ।