४ करोड लिएर फरार लेखा अधिकृत पक्राउ - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

४ करोड लिएर फरार लेखा अधिकृत पक्राउ



काठमाडौं– करिब ४ करोड रुपैयाँ सरकारी रकम लिएर फरार भएका लेखा अधिकृत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई बुधबार पक्राउ गरेको हो।

आयोगको टोलीले उनलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयबाट पैसा निकालेर उनी सम्पर्कविहित भएका थिए। सामाजिक सुरक्षा भत्ताको पैसा उनले निकालेका हुन्।

बैशाख ३ गतेदेखि उनी मोबाइल समेत अफ गरी सम्पर्क विहिन भएका थिए। अख्तियारले सूचना पाएपछि अनुसन्धान सुरु गरी पक्राउ गरेको थियो।

एक करोड ९८ लाख ७५ हजार दरका दुई वटा चेक उनले आफ्नो खातामा जम्मा गरेका थिए। आफ्नो खाताबाट पनि उनले पैसा निकालिसकेको र खातामा २७ लाख मात्र भएको खुलेको थियो।