कान्तिपुर टेलिभिजनलाई कांग्रेसको चेतावनी (विज्ञप्तिसहित) - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कान्तिपुर टेलिभिजनलाई कांग्रेसको चेतावनी (विज्ञप्तिसहित)



काठमाडौं– कान्तिपुर टेलिभिजनद्वारा वैशाख १० गते बेलुका प्रसारण गरेको एक समाचारप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै कान्तिपुर टेलिभिजनद्वारा प्रसारित समाचारप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएका हुन् ।

वैशाख १० गते बेलुका ८ बजे कान्तिपुर टेलिभिजनमा गत निर्वाचनका क्रममा कांग्रेसद्वारा गरिएको प्रचार–प्रसार सामाग्री खरिदसँग सम्बन्धित समाचार प्रसारण भएको र उक्त समाचारमा उल्लेख गरिएको तथ्यांक भ्रामक भएको विज्ञप्तिमा जनाइएको छ ।

समाचार प्रसारण भएको भोलिपल्टै कांग्रेस केन्द्रीय कार्यालयले कान्तिपुर टिभीलाई एक पत्र लेखी प्रष्टीकरण समाचार प्रसारण गर्न दबाब दिएको तर त्यसको बेवास्ता गरेको जनाउँदै त्यो खालको भ्रामक समाचारमा कुनै सत्यता नभएको विज्ञप्तिमा जनाइएको छ ।