ठगी गरेको अभियोगमा राप्रपाका नेता पक्राउ - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

ठगी गरेको अभियोगमा राप्रपाका नेता पक्राउ



किर्ते गरी ठगी गरेको अभियोगमा राप्रपाका केन्द्रीय सदस्य पुरुष भनिने पुष्पराज पौडेल पक्राउ परेका छन् ।

नक्कली लालपुर्जा पेश गरी ८ करोड ३७ लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा राप्रपा केन्द्रीय सदस्यसमेत रहेका पौडेल पक्राउ परेका हुन् ।

पौडेलले पर्सा मनहरीको रुदल राउतको नाममा रहेको साढे १६ कठ्ठा जग्गाको नक्कली लालपुर्जा बनाएर हाम्रो ग्रुप अफ ईन्भेष्टमेन्टमा पेस गरी ठगीको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

हर्बो नामक नेटवर्क कम्पनीमा पौडेल अध्यक्ष रहेको हाम्रो ग्रुपले आर्थिक लगानी गरेको थियो ।

अवैध नेटवर्किङ व्यवसाय गरेको भन्दै हर्बो कम्पनीका सञ्चालकहरु पक्राउ परेका बेला पौडेललाई पनि केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । , आजको नागरिक दैनिकमा यो खबर छ ।