‘सरकारलाई सिन्डीकेटको अर्थ थाहा छैन ?’ - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

‘सरकारलाई सिन्डीकेटको अर्थ थाहा छैन ?’



आचार्य प्रदीप
बुटवल, १० वैशाख ।
नेपाल सरकारलाई सिन्डीकेटको अर्थ थाहा नभएको यातायात व्यवसायीहरूले आरोप लगाएका छन् । सबै क्षेत्रमा आ– आफ्नो सिन्डीकेट भएको बताउँदै सरकालाई सिन्डीकेटको मुख्य अर्थ थाहा नभएको बताएका हुन् ।

नेपाल सरकारले यातायात क्षेत्रमा रहेको सिन्डीकेटलाई हटाउने निर्णय अनुसार यातायात व्यवसायी महासघंले सुरु गरेको केन्द्रीय कार्य अनुसार विरोध तथा कोण सभामा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै यातायात व्यवसायी महासङ्घकी केन्द्रीय उपाध्यक्ष पुष्पा श्रेष्ठले बोल्दै सबै क्षेत्रमा सिन्डीकेट रहेको बताउँदै सिन्डीकेटको मुख्य अर्थ नबुझेको बताइन् ।

उनले सेन्डीकेट भ्रम भएको बताउँदै भाषा परिवर्तन गर्न सकिने बताउँदै उनले केही कमजोरी भएमा सच्चाउन तयार रहेको बताइन् । सरकारको यो कार्यलाई घुँडा टेकाउने उनले दाबी समेत गरिन् ।
कार्यक्रममा बोल्दै पश्चिम नेपाल बस व्यवसायी सङ्घका पूर्व अध्यक्ष तुल्सीराम बञ्जाडेले बोल्दै आफूहरू भारतको तुलनामा महँगो हुँने बताउँदै यो आन्दोलन तुहिए ५ वर्ष पछि नेपालमा भारतका सवारी हुने ठोकुवा समेत गरे ।

कार्यक्रममा यातायात व्यवसायी महासघंका पूर्व उपाध्यक्ष कृष्ण न्यौपाने, दामोदर ज्ञवाली, उपाध्यक्ष सिता घिमिरे, आन्दोलन सह संयोजक लोकराज पोख्रेल लगायतले बोल्दै सिन्डीेटले सबैलाई समस्या हुने बताए । उनीहरूले केन्द्रीय तालिका अनुसार नै आन्दोलनका कार्यक्रमहरू जारी राख्न आग्रह समेत गरेका छन् ।