वेङ्गरको बिदाई यात्रा, आर्सनलको सानदार जित - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

वेङ्गरको बिदाई यात्रा, आर्सनलको सानदार जित



आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरले आफ्नो बिदाई यात्राको सुरुवात निकै उत्कृष्ट लयमा गरेका छन् ।

यो सिजनको अन्त्यसँगै आर्सनलसँगको २२ वर्षको यात्रा टुंग्याउने घोषणा गरेपछिको पहिलो खेलमा वेङ्गरको टिम आर्सनलले प्रभावशाली जित दर्ता गरेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ह्यामलाई ४–१ ले हराएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो । आर्सनलका लागि एक्लेसान्ड्र लाकाजेटीले दुई गोल गरे भने नाचो मोनरियल र आरोन रामसीले एक एक गोल गरे । वेष्ट ह्यामका लागि मार्को अर्नाटोविकले एक गोल फर्काए ।

५१ औँ मिनेटमा मोनरियलले गोल गर्दै आर्सनललाई सुरुवाति अग्रता दिलाए । तर ६४ औँ मिनेटमा वेष्ट ह्यामका मार्कोले बराबरी गोल गरे । त्यसपछि भने आर्सनलले तीन गोल गरेर जित्यो । रामसीले ८२ औँ मिनेटमा गोल गर्दै टिमलाई फेरि अग्रता दिलाए ।

लाकाजेटीले ८५ र ८९ मिनेटमा गोल गरेपछि आर्सनल ४–१ ले विजयी भयो । वेङ्गरले शुक्रबार सिजनको अन्त्यमा टिम छोड्ने घोषणा गरेपछिको पहिलो खेलमा आर्सनल विजयी भएको हो ।

आर्सनलले बिहीबार युरोपा लिग सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । यो जित त्यो खेलका लागि उत्साह जगाउने खेलका रुपमा लिएको छ ।

जितपछि छैटौँ स्थानको आर्सनलको लिगका चार खेल बाँकी हुँदा ५७ अंक भएको छ । आइतबार राति नै भएको अर्को खेलमा स्टोक सिटी र बर्नलीले १–१ को बराबरी खेलेका छन् ।