फाइनलमा चेल्सी र म्यानचेस्टर युनाइटेडकाे भिड्ने - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

फाइनलमा चेल्सी र म्यानचेस्टर युनाइटेडकाे भिड्ने



गत सिजनको इंग्लिस लिग च्याम्पियन चेल्सी ओलीभर जिरुडको सानदार गोलको मद्दतमा एफए कपको फाइनलमा पुग्न सफल भएको।

आइतबार भएको सेमिफाइनल भिडन्तमा साउथह्याम्टनलाई २-० गोलले पराजित गर्दै चेल्सी उपाधि नजिक पुग्यो। चेल्सीको जितमा ओलिभर जिरुडले ४६ तथा अल्भारो मोराटाले ८२ मिनेटमा गोल गरे। अब उपाधिका लागि चेल्सीले म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

म्यानचेस्टरले शनिबार टोटनह्यामलाई २-१ ले पराजित गर्दे फाइनलमा स्थान बनाएको थियो। उपाधि भिडन्त १९ मे मा हुनेछ। चेल्सी र युनाइटेडबीच २००७ पछि पहिलो पटक एफए कपको फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो। २००७ मा युनाइटेडलाई पराजित गर्दे चेल्सीले उपाधि जितेको थियो।

अघिल्लो सिजनपनि फाइनलमा पुगेको चेल्सी आर्सनलसँग पराजित भएको थियो। चेल्सी १३ पटक एफए कपको फाइनलमा स्थान बनाउन सफल भएको छ। वेम्बलीमा खेलको ८ एफएकप सेमिफाइनलमा चेल्सीले ७ वटामा जित निकालेको छ।