प्रमुख निर्वाचन आयुक्तको घरमा बम विस्फोट - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

प्रमुख निर्वाचन आयुक्तको घरमा बम विस्फोट



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । बिष्फोटबाट घरको मुल गेटको सिसा तथा कम्पाउण्डको पर्खाल फुटेको छ।

आइतबार साँझ उनको घरमा बिष्फोट भएको हो। कसले बिष्फोट गरायो भन्ने खुलेको छैन। ललितपुर महानगरपालिकाको २३ नम्बर वडामा रहेको यादबको घरमा बिष्फोट भएको हो।

लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि गरे । स्थानीयका अनुसार बमको आवाज निकै ठुलो थियो ।

बिष्फोटमा कुनै मानवीय क्षती नभएको महानगरीय प्रहरीले जनाएको छ ।