३३ किलो सुनले पुर्व डिआईजीलाई पनि समात्यो ! - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

३३ किलो सुनले पुर्व डिआईजीलाई पनि समात्यो !



काठमाडौं । ३३ किलो सुनकान्डमा पूर्व डीआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । गृह मन्त्रालयले बनाएको छानबिन समितिको निर्देशनपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको स्रोतले जानकारी दियो ।

यस घटनामा जोडिएका करिब ३० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहन थापाले पूर्व डीआईजी निरौलालाई पक्राउ गरी बानेश्वर प्रहरी वृत्तमा राखिएको पुष्टि गरे ।
त्यसबाहेक आफूलाई कुनै जानकारी नभएको उनले बताए ।

माघ ७ मा युएईबाट ३३ किलो सुन त्रिभुवन विमानस्थलमा आइपुगेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् । त्यो सुन युएईमा रहेका चुडामणि उप्रेती ‘गोरे’ का भाई रमेश उप्रेतीले पठाएको स्रोतले बताएको थियो ।

स्रोतका अनुसार यूएईबाट आएको सुन विमानस्थलबाट बाहिर निकाल्ने, बाहरि निकालेको सुन जिम्मा लिने र त्यसको व्यवस्थापन गर्ने छुट्टाछुट्टै समूह रहेको छ । अनुसन्धानमा संलग्न स्रोतका अनुसार गोरेले ल्याएको सुन विमानस्थलबाट बाहिरिएको केहीबेरमा नै अर्कै व्यक्तिले ‘रिसिभ’ गरेका थिए । त्यसको व्यवस्थापन गर्ने जिम्मा पाएका थिए डाक्टर भनिने निर्मल मनाङेले ।

उनी नै गोरेको व्यवस्थापन हेर्ने मुख्य व्यक्ति भएको स्रोत बताउँछ । ३३ किलो सुन पनि विमानस्थलबाट बाहिरिएको केहीबेरमा हराएपछि पछिल्लो काण्ड उजागर भएको थियो । स्रोतका अनुसार दुईवर्षअघि पनि गोरेको १४ किलो सुन यसैगरी हराएको पाइएको छ ।