मात्रिका यादवले नै लुकाए कालोबजारी मुद्दाका फाइल - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

मात्रिका यादवले नै लुकाए कालोबजारी मुद्दाका फाइल



काठमाडौं : बजार अनुगमनका क्रममा तयार पारिएका ठगी तथा कालोबजारी मुद्दाका फाइल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूसँगै थन्क्याएर राखेपछि थप अनुसन्धान र कारबाहीको प्रक्रिया प्रभावित भएको छ।

ठगी तथा कालोबजारी मुद्दामा मुछिएका शिक्षा, स्वास्थ्य, अटोमोबाइल्सलगायत क्षेत्रका २६ वटा ठूला ब्यवसायिक घरानाका फाइल मन्त्री यादवले झिकाएर राखेपछि थप अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढ्न सकेको छैन। साविकको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा देखिएका कैफियत बमोजिम थप अनुसन्धान र कारबाहीका लागि तयार पारेका फाइलहरु एक महिना अघि मन्त्री यादबले विभागबाट झिकाएर आफूसँग राखेका छन्।

अटोमोबाइल्स क्षेत्रका ८ वटा, ५ वटा निजी विद्यालय, ६ वटा स्वास्थ्य संस्था, एउटा पेन्टिङ कम्पनी र ६ वटा अन्य क्षेत्रमा ठगी तथा कालोबजारी मुद्दा दायर गर्नका लागि विभागले तयार पारेका फाइल मन्त्री कहाँ पुगेका हुन। आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा सामान्य खुद्रा व्यापारीदेखि उच्च व्यवसायीक घरानासम्मले सर्वसाधारणलाई ठगी गरेको भन्दै फाईल तयार पारेपनि अहिलेसम्म कसैलाई कारबाहीको दायरामा ल्यान सकिएको छैन्।