क्रिस गेलको धमाका जारी ! - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

क्रिस गेलको धमाका जारी !



आईपिएल क्रिकेटमा किंग्स इलाभेन पञ्जावका स्टार ब्याटसम्यान क्रिस गेलको धमाका जारी छ। वर्षाले प्रभावित खेलमा उनले अर्को अर्धशतकीय पारी खेल्दै पञ्जावलाई चौंथो जित दिलादिलाउँदै अंक तालिकाको शीर्ष स्थानमा पुर्‍याए।

शनिबार कोलकाताले दिएको १ सय २५ रनको लक्ष्य पञ्जावले १ विकेटको क्षतिमा ११ बल बाँकी छदा पार गर्यो। पञ्जावले ब्याटिङ गरिरहदा खेल वर्षाले अवरुद्ध बनेपछि १३ ओभरमा १ सय २५ रनको लक्ष्य दिइएको थियो। पञ्जावको जितमा गेलले नटआउट ६२ रन जोडे। ३८ बल खेलेका गेलले ५ चौका र ६ छक्का प्रहार गरे। उनको यो लगातार तेस्रो अर्धशतक हो।

यसअघि उनले हैदरावाद विरुद्ध १ सय ४ र चेन्नई विरुद्ध ६३ रन जोडेका थिए। अर्का ओपनर लोकेश राहुल ६० रनमा आउट भए। उनले २७ बलमा ९ चौका र २ छक्का प्रहार गरे। त्यसअघि टस हारेर पिहले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको क्षतिमा १ सय ९१ रन जोड्यो। कोलकाताका लगि ओपनर क्रिस लियोनले ७४ रन बनाउँदा उनले ४१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

यद्यपी अर्का ओपनर सुनील नारिनले १ रनमै आउट भए। तर रोबिन उथप्पाले ३४ रन जोडेर कोलकाताको इनिङ मजबुत पारे। कप्तान दिनेश कार्तिकले ४३ जोडे। उनले २८ बलमा ६ चौका प्रहार गरे। बलिङतर्फ पञ्जावका बरिन्धर श्रान र आन्द्रे टएले २-२ विकेट लिए घरेलु मैदान इडन गार्डेनमा डिएल मेथडमा ९ विकेटले हराएपछि पाँच खेलमा ४ जित निकालेको पञ्जाव ८ अंक जोड्दै फेरि शिर्ष स्थानमा उक्लीएको छ। दोस्रो स्थानको चेन्नई सुपरकिंग्सको ६ अंक छ। सनराईजर्स हैदरावाद, कोलकाताले पनि ६–६ अंक जोडेपनि रनरेटमा पछि छन्।