वैशाख ९ गते संयुक्त सम्बोधन गर्दै ओली र दाहाल - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

वैशाख ९ गते संयुक्त सम्बोधन गर्दै ओली र दाहाल



प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते संयुक्त सम्बोधन गर्ने भएका छन्। पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन निरन्तर जुटिरहेका उनीहरुले कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन संयुक्त सम्बोधन गर्ने भएका हुन्

यही दिन एमाले–माओवादीबीच पार्टी एकताको घोषणा हुने निकै चर्चा थियो। तर पछिल्लो समय शक्ति बाँडफाँट र अन्य केहि बुंदामा स्पष्ट हुनु पर्ने अडान दाहालले राखेपछि एकता प्रक्रिया लम्बिएको छ।

वैशाख ९ गते एकता घोषणा नहुँदा कार्यकर्ताबीच निरासा फैलिने भएकाले अध्यक्ष द्वयले संयुक्त सम्बोधन गर्न लागेको माओवादीका एक नेताले बताए।

एमाले नेता कृष्णगोपाल श्रेष्ठले ओली र दाहालको उपस्थितिमा राष्ट्रिय सभागृहमा वैशाख ९ गते, आइतबार हुने नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा सहभागी हुन सञ्चारकर्मीलाई आमन्त्रण गरेका छन्। श्रेष्ठका अनुसार आइतबार १२ बजे कार्यक्रम आयोजना गरिएको छ।

एकता सम्बन्धी असमझदारी टुंग्याउन निरन्तर एक्लाएक्लै भेटवार्ता गरिरहेका ओली र दाहालले संयुक्त सम्बोधनको तयारी गरेको खबरले कार्यकर्ता तहमा एकता हुने आशा फेरि बढेको देखिएको छ।