ओली-दाहाल भेट: ओलीको बिस्वास नभएकोले एकता सङ्कटमा ! - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

ओली-दाहाल भेट: ओलीको बिस्वास नभएकोले एकता सङ्कटमा !



काठमाडौं । नेकपा एमाले अध्यक्षका एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आजको वार्ता पनि निष्कर्षमा पुग्न सकेन ।

पार्टी एकतालाई अन्तिम रूप दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब ४ घन्टा बसेको वार्तामा दुई अध्यक्षबीच कुनै ठोस सहमतिनहुँदा निष्कर्षविहीन भएको नेताहरूले जानकारी दिएका छन् ।

“आजको वार्ता सकारात्मक तरिकाले सम्पन्न भयो, कुनै ठोस सहमति भने हुन सकेन छैन । छलफल जारी छ, “प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले बैठक पछि भने ।

गत मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले दुई पार्टीका दुई अध्यक्ष (ओली-दाहाल)लाई बाँकी रहेका विषयहरु टुङ्याउने जिम्मा दिएको थियो ।

महाधिवेशन पछाडि सम्म प्रचण्डको सुनिश्चितता हुनुपर्ने !

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि एकीकृत पार्टीको चुनाव चिन्ह, जनयुद्ध र केन्द्रीय समितिको भागवन्डा टुङ्गाउन बाँकी रहेको छ ।
चुनाव चिन्ह र जनयुद्धको विषयमा भने कुनै विवाद नरहेको एमाले नेताहरुले बताउँदै आएका छन् । नेताहरुका अनुसार एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य र जनयुद्ध महाधिवेशनमा टुङ्गाउने सहमति भएको छ । तर, माओवादी नेताहरुले भने त्यसलाई अस्विकार गर्दै आएका छन् ।

माओवादी केन्द्रका एक नेताका अनुसार पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत पार्टीको महाधिवेशन अगाडि र पछाडि आफ्नो कार्यकारीको भूमिका सुनिश्चिताको कारण वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

एमाले नेताहरुले माओवादी अध्यक्ष प्रचण्डलाई अहिले नै महाधिवेशनसम्मको अध्यक्ष ग्यारेन्टी गर्न नसक्ने तर्क गर्दै आएका छन् ।

“महाधिवेशनको कुरा महाधिवेशनमा हुन्छ । अहिले के गर्ने भन्ने मुख्य कुरा हो । अहिले दुवै जना अध्यक्ष र समान हैसियत रहने भन्ने सहमति छ । त्यसैले अहिले नै प्रचण्डलाई महाधिवेशन पछाडिको अध्यक्ष लेखेर लिन सकिन्न प्रचण्डले अहिलेदेखि महाधिवेशनपछाडिको अध्यक्षमा एकाधिकार जमाउन खोज्नु भएको छ यो गतल सोच हो, “एक एमाले नेताले भने ।

माओवादी केन्द्रका नेताहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास नभएको भन्दै अहिले नै कार्यकारी अध्यक्ष र महाधिवेशनपछाडिको अध्यक्ष टुङ्गो लगाउनुपर्ने धारणा राख्छन् ।

“सचिव सरुवा, ओलीजीको भारत भ्रमणले हामीलाई शसंकित बनाएको छ । प्रधानमन्त्रीजीले पार्टी एकता गर्दैछौं भन्ने थाहा हुँदा हुँदै हामीलाई नसोधि महत्वपूर्ण निर्यणहरु गर्नुभो, “एक माओवादी नेताले भने, “पार्टी एकताको सुरु-सुरुमा ओलीजीले हाम्रो अध्यक्ष प्रचण्डनै महाधिवेशन पछाडिको अध्यक्ष भन्नु हुन्थ्यो, अहिले माधवकुमार नेपाललाई अगाडि सार्ने कुरा चलेको छ । त्यसैले सरकार र एमालेको शंका लागेर हामीले अहिले नै प्रचण्डलाई अध्क्षयक्षको कार्यकारी अधिकार र महाधिवेशनपछाडिको अध्यक्ष सुनिश्चित गर्न आग्रह गरेका छौं ।”

स्रोतका अनुसार शुक्रबार बिहान आफैँ निवास खुमलटारमा भेट्न आएका नेताले पनि प्रचण्डलाई बराबरी हैसियत खोज्न र कार्यकारी अधिकारसहित महाधिवेशनपछाडिको अध्यक्ष सुनिश्तित गर्न दबाब दिएका दिए ।