दिपक मनाङे र गणेश लामा एउटै जेलमा - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

दिपक मनाङे र गणेश लामा एउटै जेलमा



काठमाडौं– बिहिबार पक्राउ परेका डन पृष्ठभुमीका फरार सांसद दीपक मनाङे(राजिव गुरुङ)लाई कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको हो।

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका मनाङेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। फैसला कार्यान्वायनका लागि उनलाई अदालत लगिएकोमा अदालतले कारागार चलान गरेको डिएसपी मोहन थापाले बताए।

२०६१ साल बैशाख ३१ गते पानीपोखरीको चाइनिज चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेको हात छिनाएको घटनामा उनलाई ५ वर्ष कैद सजाय भएको थियो। जसमध्ये ३ वर्ष कैद भुक्तान गर्न बाँकी छ।
डिल्लीबजार मनाङेको ‘प्यारो’ जेल हो। यसअघि जेल पर्दा पनि उनी डिल्लीबजार नै रोज्थे।

हातहतियार तथा खरखजना मुद्दामा जेल परेका गणेश लामा पनि गत सातादेखि डिल्लिबजार कराागारमै छन्। उनीहरु केही वर्ष एउटै समूहमा थिए। मनाङे लामामा गुरु मानिन्छन्।