शीर्ष ४ मा पर्ने चेल्सीको सम्भावना कायमै - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

शीर्ष ४ मा पर्ने चेल्सीको सम्भावना कायमै



बर्नली (एजेन्सी)– चेल्सीले गए राती बर्नलीलाई २–१ ले हराउँदै प्रिमियर लिगको शीर्ष ४ भित्र पर्ने सम्भाावनालाई जित राखेको छ । भिक्टोर मोसेसको गोलमा चेल्सी विजयी भएको थियो । बर्नलीका केभिन लङले आत्मघाती गोल गरेको खेलमा एस्ले बर्नेसले गोल गरेका थिए ।

गोलको सुरुवात २० औं मिनेटमा लङको आत्मघाती गोलबाट भएको थियो । ६४ औं मिनेटमा बर्नलीका बर्नेसले गोल गर्दै खेल १ – १ को बराबरीमा पुर्याए । खेलको ६९ औं मिनेटमा मोसेसले गोल गर्दै चेल्सीलाई जित दिलाए ।

यो जितले चेल्सीलाई अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना जीवित राखेको छ । अन्तिम चार खेल बाँकी रहँदा चेल्सी चौथो स्थानको टोटनह्यामभन्दा ५ अंकले पछि छ । चेल्सीले ३४ खेलबाट ६३ अंक जोडेको छ । ५२ अंक जोडेको बर्नली लिगको सातौं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा लेस्टर र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् । ४४ अंकसहित पूर्व विजेता लेस्टर आठौं स्थानमा छ भने रेलिगेसन क्षेत्रमा रहेको साउथह्याम्पटनको २९ अंक छ । ५ खेलअघि नै लिग च्याम्पियन बनेको सिटी ८७ अंक र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७४ अंक छ । तेस्रो स्थानको लिभरपुलको ७० अंक छ ।