चेल्सीले जित्यो, उक्लेला त शीर्ष चारमा ? - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

चेल्सीले जित्यो, उक्लेला त शीर्ष चारमा ?



साबिक विजेता चेल्सी यो सिजन इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा पर्नका लागि संघर्षरत छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमाजित निकाल्दै चेल्सीले शीर्ष चारमा उक्लिने सम्भावना कायम राखेको छ ।

अवे मैदानमा भएको खेलमा चेल्सीले बर्नलीलाई २–१ ले हराएको हो । चेल्सीको जितमा भिक्टर मोसिसले एक गोल गरे भने बर्नलीका केविन लङ्गले आत्मघाती गोल गरे । बर्नलीका लागि उस्ली बार्नेसले गोल गरे।

२० औँ मिनेटमा लङ्गले आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा १–० को अग्रता लियो । ६४ औँ मिनेटमा बार्नेसले बर्नलीका लागि बराबरी गोल फर्काए । तर त्यसको पाँच मिनेटपछि मोसिसले चेल्सीका लागि गोल गरे र २–१ को जित पक्का गरे ।

जितपछि पाँचौँ स्थानमा रहेको चेल्सीको लिगका चार खेल बाँकी हुँदा ६३ अंक भएको छ र उ चौथो स्थानको टोटनह्याम भन्दा पाँच अंकले पछि रहेको छ । ५२ अंकसहित बर्नली सातौँ स्थानमा छ ।

राति नै भएको अर्को खेलमा लेस्टर सिटी र साउथह्याम्पटनले गोल रहित बराबरी खेलेका छन् ।