आइपिएलमा क्रिस गेलको पहिलो शतक - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

आइपिएलमा क्रिस गेलको पहिलो शतक



मोहाली–  जारी आइपिएल क्रिकेटमा क्रिस गेल पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन्। किंग्स इलाभेन पञ्जावका गेलले सनराइजर्स हैदरावाद विरुद्ध ५८ बलमा शतक प्रहार गरेका हुन्। खेलमा गेल १ सय ४ रनमा नटआउट रहे। उनले ६३ बल खेल्दा १ चौका र ११ छक्का प्रहार गरे। आइपिएलमा गेलको यो छैटौ शतक हो।

गेलको शतकसँगै पञ्जावले हैदरावादलाई १ सय ९४ रनको लक्ष्य दिएको छ। उसले ३ विकेटको गुमाएर १ सय ९३ रन जोडेको हो। पञ्जावका लागि आरोन फिन्चले ६ बलमा नटआउट १४ रन जोडे। त्यसअघि लोशेक राहुल १८ रनमा आउट भए। मंयक अग्रवालले  १८ रननै जोड्दा करुण नइरले २१ बलमा ३१ रन जोडे। उनले ३ चौका र १ छक्का प्रहार गरे।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, रसिद खान र सिद्धान्त कौलले १-१ विकेट लिए।  रसिद खानले ४ ओभरमा ५५ रन खर्चिएका थिए।