ओली प्रचण्ड फेरी भेट, एकतामा झनै 'लेट' - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

ओली प्रचण्ड फेरी भेट, एकतामा झनै ‘लेट’



काठमाडौं– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुई घन्टाभन्दा बढी चलेको भेटवार्ता बिनानिस्कर्ष सकिएको छ।

ओलीसँग पार्टी एकताको विषयमा वार्ताका लागि प्रचण्ड आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

केही दिनअघि बसेको पार्टी एकता संयोजन समितिको बैठकले एकता प्रक्रियामा मिल्न बाँकी विषय टुंग्याउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो।

गत असोजदेखि औपचारिक रुपमा अघि बढेको एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया जनयुद्ध, चुनाव चिह्न तथा संगठनमा सहभागी संख्याको विषयमा आएर रोकिएको नेताहरुले बताउने गरेका छन्।

‘छलफल मात्रै भएको हो’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘कुनै उल्लेखनीय प्रगति भएको छैन।’

सापकोटाले अध्यक्षद्वयबीच भोलि पनि भेट हुने कार्यक्रम रहेको बताए। ‘सम्भवतः भोलि पनि भेट हुनेछ’, उनले भने।