एमाले-माओवादीलाई कांग्रेससँग मिल्न प्रकाशमानको आग्रह - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

एमाले-माओवादीलाई कांग्रेससँग मिल्न प्रकाशमानको आग्रह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई समृद्धिकोे दिशातर्फ लैजानका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

बानेश्वर बहुमुखी क्याम्पसले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले देशलाई आर्थिक रुपमा समृद्ध बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकारमा रहेको दलको हुने भए पनि प्रतिपक्षको पनि भूमिका हुने बताएका हुन् ।

नेता सिंहले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि सत्ता पक्ष र विपक्षी दल मिलेर अगाडि बढ्नुपर्ने बताए ।

‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकारमा रहेको दलको हुने भए पनि प्रतिपक्षको पनि भूमिका हुन्छ,’ उनले भने, ‘आर्थिक समृद्धिको चाहना चाँडोभन्दा चाँडो सफलतामा परिणत गर्नका लागि कांग्रेस पछि हट्दैन ।’

संविधान कार्यान्वयन भइसकेको र संघीयता कार्यान्वयन भइसकेकाले अब त्यसलाई सशक्त रुपमा अघि बढाउनु पर्ने भन्दै बाधा अड्चनलाई पन्छाएर विधिसम्मत तवरले संस्थागत रुपमा अघि बढाउनु बाहेक अर्को विकल्प नभएको दाबी गरे ।