मिटरमा चल्न नमान्ने सबै ट्याक्सीलाई कारबाही - Himal Post Himal Post
  • २१ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 5 2025
Logo

मिटरमा चल्न नमान्ने सबै ट्याक्सीलाई कारबाही



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र मिटरमा चल्न नमान्ने ट्याक्सीलार्इ धमाधम कारबाही गर्न थालेको छ ।

महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । ‘पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,’ उनले भने । उनले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गरेका छन् ।

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु तीन हजारदेखि पाँच हजारसम्म जरिवानासमेत गर्ने गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको स्पष्ट पारे ।

महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा चल्न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ जनाएकाे छ ।