देउवाप्रति पार्टीभित्र तिब्र असन्तुष्टि, आफ्नै पक्ष मिलाउन सकस - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

देउवाप्रति पार्टीभित्र तिब्र असन्तुष्टि, आफ्नै पक्ष मिलाउन सकस



नेता खुमवहादुर खड्काको निधनपछि स्थगन भएको नेपाली कांग्रेस केन्द्रिय कार्यसमितीको बैठक पर्सिदेखि पुनः बस्दैछ । निर्वाचनको समिक्षा सहित आगामी कार्यदिश तय गर्न भन्दै चैत ९ गते देखि जारी बैठक नेता खड्काको निधन भएपछि १७ गते देखि स्थगित गरिएको थियो ।

अहिलेसम्म बैठकमा ४० जना जति केन्द्रिय सदस्यले मात्रै आफ्ना धारणा राखेका छन् । पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला निकट भनेर चिनिने नेताहरुले कांग्रेसको पछिल्लो स्थिती कमजोर भएकोमा सभापति शेरवहादुर देउवाको कार्यशैलीमाथी प्रश्न उठाएका छन् ।

त्यस्तै देउवा पक्षका नेताहरुले भने सभापतिको वचाउ गर्ने प्रयास गरेका छन् । यता, सभापति देउवा आफुमाथी अनेक आरोप लागिरहँदा पदाधिकारी चयनको विषय प्रवेश गराउने तयारीमा हुनुहुन्छ । महाधिवेशन भएको दुइ वर्ष पुग्दा समेत पदाधिकारी चयन गर्न नसकेका सभापति देउवाले अहिले पदाधिकारी चयन गर्ने तयारी गरेका छन् ।

नेता प्रकाश शरण महत केन्द्रिय समिती बैठकसँगै पदाधिकारी चयनको तयारी सभापतिले गरेको पुष्टि गरे ।

निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि अधिंकास नेता आफुमाथी खनिँदै आएपनि सभापति देउवाको कार्यशैलीमा खासै परिवर्तन भएको पाइँदैन । समानुपातिक सांसद चयन गर्दा होस या दलको नेता चुन्ने सवालमा । प्रमुख सचेतक छान्दा समेत उनले आफ्नालाई नै च्याप्दै आएका छन ।

अहिले पदाधिकारी चयनमा समेत उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पुर्णवहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनित गर्ने तयारी गरेको खवर बाहिर आएपछि भने पौडेल पक्ष र सिटौला पक्ष थप आक्रोसित देखिएका छन् । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी २ महिना भित्र पदाधिकारी चयन गर्नुपर्नेमा २ वर्षपछि आएर पदाधिकारी चयन गर्नुको औचित्य नै नभएको बताउछन । सभापतिले पदाधिकारीका लागि बाहिर ल्याएका नाम सबै परिक्षण भैसकेर असफल भैसकेका व्यक्ति भएको समेत उनको टिप्पणी छ ।

त्यसोत पदाधिकारी चयनमा सभापति देउवा पक्ष भित्रको विवाद पनि चर्को छ । उपसभापतिमा विमलेन्द्र निधिको नाम अघि आउँदा नेता गोपाल मान श्रेष्ठ रुष्ट बनेको छन् । त्यस्तै महामन्त्रीमा पुर्णवहादुर खड्कालाइ अघि सार्दा ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँड चिढिएका छन् ।

उता सहमहामन्त्रीमा मान वहादुर विश्वकर्मालाई रोज्दा एनपी साउद र प्रकाशशरण महतलाई फकाउन पनि सभापतिलाई त्यति सजिलो छैन् । जारी केन्द्रिय समिती मुख्यत चुनावी समिक्षामा केन्द्रित छ । तर पार्टीभित्र आफुलाई थप बलियो बनाउने गरि पदाधिकारी चयन गर्ने सभापति देउवाको तयारीले केन्द्रिय समितीको बैठकमा थप चर्काचर्की र रस्साकस्सी पर्ने देखिन्छ ।