मन्दिर बनाउन कतारबाट सहयोग - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मन्दिर बनाउन कतारबाट सहयोग



ओम प्रकाश बानियाँ/बराहक्षेत्र

बराह नगरपालिका नडाहामा निर्माणधिन शिवालय मन्दिरको लागी कतारबाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।नडाहाका स्थाई बासीन्दा गणेश कार्की र अर्जुन कार्कीको अग्रसरतामा कतारी रियल १३७३ नेपाली रु ३८,४४४ रुपैयाँ निर्माण समितिका अध्यक्ष बिदुर भट्टराई, कोषाध्यक्ष मिना खड्कालाई प्रदान गरिएको हो।

बिदुर भट्टराईको सभापतित्वमा आयोजना भएको उक्त रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वाड न. ३ का वडाध्यक्ष रुद्र दाहाल, बुद्धिजीवी, समाजसेवी एवम् पत्रकारहरूको बाक्लो उपस्तिथि रहेको थियो ।

मन्दिरमा आर्थिक सहयोग रकम कम भएको अवस्थामा कतारबाट आर्थिक सहयोग रकम प्राप्त भएकोमा आफूलाई अत्यन्तै खुसी लागेको भन्दै सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गरेका छन । भट्टराईले थपे अरू देश विदेशमा रहने सम्पूर्ण सँग आर्थिक सहयोगको अपेक्षा रहेको बताए ।

आफूले आफ्नो अग्रसरतामा केही रकम मन्दिरलाई सहयोग गर्ने पाएकोमा खुसी लागेको बताउँदै गणेश कार्कीले आगामी दिनमा पनि सामाजिक काममा अग्रसरतामा देखाउने बताए ।