यातायात समितिहरुको बैंक खाता रोक्का ! - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

यातायात समितिहरुको बैंक खाता रोक्का !



काठमाडौं ।यातायात व्यवसायीको सिन्डिकेट लाद्ने बर्षौं देखिको परम्परालाई सरकारले ब्रेक लगाउने निर्णय गरेपश्चात देशका कुना कुनामा नया तरङ्ग फैलिएको छ । सिण्डिकेटविरुद्ध अझै कठोर बनेर सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ ।

सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनको घोषणा गर्दैछ । तर सरकारले भने यातायात समितिहरुको कारोबार रोक्का गर्ने तयारी थालेको छ ।

 

यसका लागि प्रधानमन्त्री कार्यालय अन्तरगत ल्याएएको सम्पत्ति शुद्धीकरण विभागलाई जिम्मा दिइने स्रोतले बताएको छ । देशभर जिल्ला प्रशासन कार्यालयहरुका दर्ता भएर व्यवसायिक रुपमा कारोबार गर्ने झण्डै साढे ३ सय यातायात समितिको विवरण यातायात व्यवस्था विभागले प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।

विभागले समितिहरुको बैंक खाता र आर्थिक कारोबार रोक्का गरी उनीहरुको सम्पत्तिमाथि छानविन गर्ने प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।