नेपाल क्रिकेट संघको विशेष साधारण सभा - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

नेपाल क्रिकेट संघको विशेष साधारण सभा



काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीबाट निलम्बन फुकुवाको प्रतिक्षामा रहेको नेपाल क्रिकेट संघले त्यसको सहजताका लागि यसै साता विशेष साधारण सभा गर्ने भएको छ।

दुईवटा क्यान अस्तित्वमा रहेपछि आईसिसीले केहो वर्षअघि निलम्बन गरेको थियो। आईसिसीले लगातार मध्यस्थता गरिरहेपनि नेपालका सरोकारवाला पक्ष जिम्मेवार बन्न सकेका थिएनन्। यस साधारण सभाले आईसिसीको मध्यस्तामा बनेको क्यान विधानलाई संसोधनसहित पारित गर्ने छ। यसअघि प्रस्तावित विधानलाई क्यानको साधारण सभाले संसोधनसहित पारित गरेपछि आईसिसीले आपत्ती जनाएको थियो।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बिहीबार र शुक्रबार राजधानीमा हुने विषेश साधारण सभामा  आइसीसीको प्रतिनिधिको उपस्थित रहने जानकारी दिए।

उनले क्यानको चूनावमा क्यानका सदस्यहरुले प्रत्यक्ष रुपमा उम्मेद्वार हुन र भोट हाल्न नपाउने विधान बनेको बताए।  क्यानको चूनावको लागि आइसीसीले मनिटरिङ कमिटी गठन गर्ने  जनाइएको छ।