बैसाख ९ गते पार्टी एकता नहुने - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

बैसाख ९ गते पार्टी एकता नहुने



आगामी ९ गते हुने भनिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता टरेको छ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले ९ गते हुने भनिएको एकता गृहकार्य नपुग्ने भन्दै टरेको हो।

यसअघि सोमबार नै बसेको एमाले स्थायी समितिको बैठकले बैशाख ९ गतेलाई तोकिएको पार्टी एकता कार्यक्रमलाई पर धकेल्न नहुने निष्कर्ष निकालेको थियो। तर आजको बैठकमा तयारी नपुग्ने भन्दै ९ गतेलाई नहुने भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘९ गतेका लागि समय नपुग्ने देखियो,’ श्रेष्ठले भने।

यस्तै बैठकले प्रतिवेदनको अन्तिम रूप दिने जिम्मा दुई अध्यक्षलाई दिएको छ। ‘प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित अन्तिम टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएका छौ,’ उनले भने,‘दुई अध्यक्षले फाइनल टच दिएपछि प्रतिवेशन समितिमा फिर्ता पठाउनुहुनेछ।’

यस्तै एमाले माहासचिव एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले पनि घुमाउरो रूपमा ९ गते एकता नहुने बताए।

संयोजन समितिको प्रतिवेदनलाई फाइनल टचका लागि दुई अध्यक्षको जिम्मा दिएका छौ। उहाँहरूले आजैदेखि छलफल गर्नुहुन्छ,’ उनले भने,‘विद्यालय भर्ना अभियान चलिरहेको भएकाले नेताहरू जिल्ला जिल्ला जानुपर्ने भएकाले पनि ९ गतेलाई तयारी नपुग्न सक्छ।’

उनले चुनाव चिन्हको विषयमा कुनै विवाद नरहेको जानकारी दिए।

‘चुनाव चिन्हको विषयमा केही विदाद भएन। त्यसमा कुनै तनावको विषय छैन,’ पोखरेलले भने।

यस्तै केन्द्रीय समितिको विषयमा पनि योग्यता क्षमता र पृष्टभूमिका आधारमा तय हुने भन्दै यति प्रतिशतको भागबण्डामा नलाग्ने बताए।