काठमाडौंमै बन्ने भो अन्तर्राष्ट्रिय क्रिकेट मैदान - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

काठमाडौंमै बन्ने भो अन्तर्राष्ट्रिय क्रिकेट मैदान



काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान काठमाडौंमै बन्ने पक्का भएको छ । उपत्यकाका बाहिर पनि जग्गा हेर्ने काम भए पनि अन्ततः काठमाडौंमै बन्ने पक्का भएको हो ।

यसबारेमा धुर्मुस सुन्तली फाउन्डेशनका सीताराम कट्टेल धुर्मुसले पनि सकारे । उनले भने, ‘हामीले उपत्यका बाहिर पनि जग्गा हेरिएको तर सुविधा सम्पन्न स्थान काठमाडौं उपत्यका नै भएकाले यहीं नै बनाउने स्थिति बनेको छ ।’

काठमाडौं उपत्यका भनिए पनि कुन ठाउँ भनेर अहिलेसम्म खुलाइएको छैन । भक्तपुर, गोदावरी, जोरपाटी र चपलीमा जग्गा हेरिएको र त्यसमध्ये एक ठाउँमा यसै साताभित्र सहमति बन्ने बताइएको छ ।

चितवनमा पनि जग्गा दिने पुष्पकमल दाहाल प्रचण्डले बताएका थिए । तर अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै भएकाले यहीं बनाउने खाका तयार भएको छ ।

क्रिकेट मैदान बनाउन झण्डै तीन अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

नेपालले एक दिवसीय मान्यता पाएपछि धुर्मुसले क्रिकेट मैदान बनाउने निर्णय गरेका थिए ।

यसअघि उनी आवास गृह बनाउन सफल भइसकेका छन् । धुर्मुसलाई सरकारले सघाउँदैछ ।